September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप २ हजार २९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं, सोमबार थप २ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६१ हजार १२४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १४ हजार ५२० छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ७३० पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको