September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप १ हजार ३८८ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौं, आइतबार थप १ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७ लाख ५९ हजार २२२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ छ ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ७१४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको