September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल

काठमाडौं, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्षनेताहरुसँग भेटावार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका हुन् ।

बालुवाटार स्रोतका अनुसार आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच आइतबार बिहान करिब डेढ घन्टा लामो छलफल भएको थियो । उक्त छलफलमा मन्त्रिपरिषद विस्तार छलफलको मुख्य एजेन्डा रहेको थियो । मन्त्रालय बाँडफाँट र सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगोबारे शीर्षनेताबीच छलफल भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको