September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

मौसम पुर्वानुमान: देशका अधिकांश ठाउँमा झरी पर्ने सम्भावना

काठमाडौं, गत चार दिनदेखि देशका अधिकांश स्थानमा लगातार पानी परेसँगै देशभरको जनजिवन प्रभावित भएको छ ।

मौसमविद्का अनुसार आज र भोलि पनि देशका अधिकांश ठाउँमा झरी पर्ने सम्भावना छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको र अझै केही दिन पानी पर्ने सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा तराईको भू–भाग नजिकै रहेकाले झरी रोकिने सम्भावना नभएको उनले बताइन् । तराई नजिकै मनसुनी न्यूनचापीय रेखा रहिरहेकाले मनसुनी गतिविधि सक्रिय नै रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेकोछ ।

आज प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, राति प्रदेश–१, वाग्मती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको