September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

लड्डूको स्वाद जान पाएको थिएन दुईटा पार्टी बनाइदियो, ड्याम्म घन हानको थाहै पाइएन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको अझै पनि खतरा रहेको भन्दै बेला–बेला जित्न लागेका केपी ओलीले बेला घन हान्ने गरिएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गदै अध्यक्ष प्रचण्डले जित हुन्छ भनेर ढुक्कसँग बस्दा प्रतिक्रान्तिले प्रहार गर्ने बताएका हुन् ।

उनले भने,‘ पहिलो संसद विघटनमा जितेपछि हामी ढुक्क भयौं । प्रतिगमन परास्त भयो भनेर माधवजी र मैले लड्डू खायौं । तर लड्डूको स्वाद जान पाएको थिएन दुईटा पार्टी बनाइदियो । ड्याम्म घन हानको थाहै पाइएन ।’

यसैगरी ओलीले जाली तमसुक गरेर आफूलाई ठगेको टिप्पणी गरेका छन् । ओलीको ठगीधन्दाबारे चाल नपाउँदा तमसुक हेरेर बस्नु परेको बताए । प्रचण्डले भने,‘ हामी त जे बोल्यो त्यही गर्ने मान्छे । केपी ओली प्रवृति भनेको जे बोल्ने त्यो नगर्ने रहेछ । उनको ठगि धन्दाबारे थाहा पाइएन । तमसुकमा सही गरेपछि तमसुक हेरेर बसियो तर उनले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारे ।’