September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

थप १ हजार ८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं, शनिबार थप १ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २२२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ छ ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६९० पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको