September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

नेपालको विकासको अभियन्ता नै एमाले हो: अध्यक्ष ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै कुनै पार्टीले पनि लड्न नसक्ने दाबी गरेका छन् । शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यसैगरी उनले माधव नेपालहरुको पार्टीमा मान्छे नै नभएको पनि बताएका छन् । नेपालको विकासको अभियन्ता नै एमाले भएको उनको भनाई छ ।

उनले भने, ‘यो पार्टी देशको सम्पूर्ण आन्दोलनहरुको नाईके हो । सबैभन्दा ठूलो पार्टी हो । अहिले हामी जनादेशबाट सरकारबाट हटाईएको होईन, जालझेलबाट हटाईएका हौं । चुनाव त आओस, यी सबै षड्यन्त्रको एमालेले जवाफ दिनुपर्छ ।’

शीर्ष समाचार

धेरै पढिएको