September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन, नयाँ पालुवा र हाँगा पलाउँदैछन्: ओली

file photo

काठमाडौं, नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमालेलाई केही फरक नपर्ने बताएका छन् ।

शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक नपर्ने बताएका हुन् ।

उनले भने, ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’

अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निष्कर्षमा पुगेको उनको टिप्पणी छ ।

शीर्ष समाचार

धेरै पढिएको