September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

कैलालीमा सेनिटाइजर पिउँदा एकको मृत्यु

कैलाली, कैलालीको धनगढी उपमहानगरपालिका –१२ डी गाउँमा सेनिटाइजर पिउँदा ३८ वर्षीय टीकाराम बराइली विकको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आफ्नै घरमा सेनिटाइजर पिएका विकको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको हो ।

सूचना अधिकारी शिवराज जोशीका अनुसार उनले भदौ ९ गते सेनिटाइजर पिएका थिए । त्यसपछि घरमै बसेका उनलाई टाउको दुख्ने समस्या भएको थियो ।

उपचार गरेपछि निको भएका विकलाई घर लग्दा फेरि समस्या बल्झिएको र उपचारको लागि निसर्ग अस्पतालमा लगिएकोमा उपचारकै क्रममा ज्यान गएको जोशीले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको