March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

काबुल विष्फोटको प्रतिशोध लिन्छौं:अमेरिकी राष्ट्रपति बाइडेन

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोइ बाइडेनले काबुल विष्फोटको प्रतिशोध लिने चेताबनी दिएका छन् । उनले विष्फोटमा संलग्नको शिकार गरिने र ठूलो मूल्य चुकाउनुपर्ने चेताबनी दिएका हुन् ।

बाइडेनले बिहीबार साँझ व्हाइट हाउसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै विष्फोट अफगानिस्तानको खोरसान प्रान्तमा सक्रिय आईएसले गराएको बताए ।

विष्फोटमा कम्तिमा १३ जना अमेरिकी सेना र ६० जना अफगानको मृत्यु भएको छ । बाइडेनले भने, “अमेरिकीलाई हानि पुर्याउन यदि कसैले यो घटना गराएको छ भने बुझ्नुपर्छ, हामी बिर्सिने छैनौं, हामी क्षमा दिने छैनौं ।” घटना लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले दैनिक कार्यसूचीलाई स्थगित गरेका थिए । उनकाे बिहीबार नै अफगानिस्तानको स्थितिबारे इजरायलका प्रधानमन्त्री नाफटली बेन्नेटसँग कुराकानी गर्ने तालिका रहेको थियो । file photo

शीर्ष समाचार

धेरै पढिएको