September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

सरकारमा जाने विषयमा पार्टीसँग कुनै छलफल भएको छैन: महन्थ ठाकुर

file photo

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा हाल आफ्नो पार्टीसँग कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

शुक्रबार बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीसँग बोल्दै उनले अहिले सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको बताएका हुन् ।

उनले भने, ‘पार्टी दर्ता नै भर्खर भएको छ । त्यसपछि पनि हामीलाई बोलाउनु हुन्छ, सोध्नुहुन्छ अनि कुरा राख्छौँ । जाने/नजाने कुरा त मैले भनिसके नि । हाम्रो पार्टी हामी कतिचोटी भेटिसकेका छौ नि, सामूहिक रुपमा पनि भेटी राखेका छौं । अलग–अलग पनि भेटेका छौ । तर कुनै पनि छलफलमा सरकारमा जाने विषयमा छलफल भएको थिएन ।’

अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको