September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

थप २ हजार ६५ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं, शुक्रबार थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३ लाख ३२ हजार १६३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना निको भई २ हजार ३३७ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ८ हजार २३० पुगेको छ ।

सोही अवधिमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको