April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

५ करोड ३० लाख मात्रा खोप सुनिश्चित, दैनिक पाँच लाखलाई खोप लगाउने योजना

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले खोप लगाउने कार्य तीब्र जारी रहेको र दैनिक पाँच लाखलाई खोप लगाउने योजना भएको बताएका छन् ।

बिहिवार प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको बैठकमा कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका हुन् ।

उमले भनेय “खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उनले जानकारी दिए ।

“हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत) ले खोपको पूरा मात्रा लगाएका छन्”, उनले थपे, “खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको सङ्ख्या ३० प्रतिशते छ ।”

वर्तमान सरकारले कोरोना विरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको उनको दाबी छ । सरकारले दुर्गम र विकट जिल्लालाई खोप लगाउनका लागि प्राथमिकतामा राखेको उनलो भनाइ छ ।

उनले भने, “थोरै जनसङ्ख्या तथा उपचार गर्न कठिनाइ हुने हुँदा पहिला दुर्गम जिल्लाका बासिन्दालाई खोप लगाइसक्छौँ ।”

शीर्ष समाचार

धेरै पढिएको