April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने तयारी

file photo

काठमाडौं, सरकारले राजनीतिक दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशलाई निष्क्रिय बनाउने तयारी गरेको छ ।

सरकारले यसअघि संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिनेगरि सरकारले अध्यादेश ल्याएको थियो ।

दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेगरि गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती छलफलमा जुटेका छन् ।

उक्त अध्यादेशअनुसार माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । यसैगरी अर्का, महन्थ ठाकुरले पनि आफ्नो नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराएका छन् ।

यी दुवै दललाई निर्वाचन आयोगले हिजोमात्रै दल दर्ताको प्रमाणपत्र दिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको दल दर्ता प्रमाणपत्र १६६ हो भने लोकतान्त्रिक समाजवादी पार्टीको १६७ हो ।

शीर्ष समाचार

धेरै पढिएको