September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप २ हजार ४३३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

काठमाडौं, बिहिवार देशभर थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको  संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घ्ण्टामा १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी कोरोना निको हुनेको संख्या ७ लाख ५ हजार ८९३ पुगेको छ । 

हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ जनाको मृत्यु भएको छ ।
 

शीर्ष समाचार

धेरै पढिएको