September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

मौसम पुर्वानुमान: अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने  पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु सक्रिय हुँदै गएकाले आज दिउँसो प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।


यसैगरी प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने अति भारी वर्षा हुँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

यस्तै राति प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा निकै भारी वर्षा हुँदा प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । अरु धेरै ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।