September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप एक हजार ८६२ जनामा कोरोना पुष्टि, ४४ जनाको मृत्यु

काठमाडौं, बुधबार थप एक हजार ८६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो देशभरका प्रयोगशालामा गरिएको नौ हजार ७११ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार ७८१ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३९ हजार ६४ जना पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ६१२ जनाको मृत्यु भइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको