
काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले खबर पुष्टि गरेका हुन् ।
प्रचण्डको बाहिरी सुरक्षा घेरमा बस्ने प्रहरीलगायत प्रचण्डको परिवारका सदस्यको बुधबार स्वाब सङ्कलन गरी परीक्षण गर्दा छ जना प्रहरीमा सङ्क्रमण देखिएको हो ।





