
काठमाडौं, कोरोना नियन्त्रणको लागि भन्दै सरकारले गरेको लकडाउनपछी सुनको मुल्य निरन्तर बढिरहेको छ । अघिल्ला दिनको तुलनामा आज प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको मुल्य प्रतितोला एक लाख दुई हजार पाँच सय पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।
नेपाली बजारमा बुधबार लाख रुपैयाँ नाघेको सुनको भाउ बिहिवार तोलाको ११ सय रुपैयाँली बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनयका छन । महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँमा किनबेच भइरहेको बताएका छन ।
अन्तरास्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखियको महासंघका सहसचिव धर्मसुन्दर बज्राचार्यले सन्चारमाध्यमलाई बताएका छन । सुनको भाउ छिटै रोकिने सम्भावना नभएको बज्राचार्य बताउछन ।





