
सिन्धुपाल्चोक बार्हबिसे, गत सोमबार बेलुका साझ ६ बजे भोटेकोशि नदिमा यक ब्यक्ति हाम फलेर बेपत्ता भयका छन । उनी बार्हबिसे नगरपालिका वडा नं. २ का भक्त बहादुर श्रेष्ठका ४९ वार्षिय छोरा चन्द्र बहादुर श्रेष्ठ हुन । बार्हबिसे नगरपालिका ईलाका प्रहरी कार्यलायका प्रमुख प्रहरि नवराज न्यैपानेका अनुसार उक्त ब्यक्तिको खोजी कार्य भइरहेको जानकारी दिनुभयको छ ।







