
काठमाडौं– लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्ट नियुक्त हुनुभएका छन्।सोमबार साँझ बसेको मन्त्रिपरिषद्काे बैठकले सुशील भट्टराई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिएकी छन् ।
भट्ट राष्ट्रिय योजना आयोगका सदस्य हुन् । बोर्डका तत्कालिन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गर्भनर नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो ।





