
काठमाडौं पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भयको छ । देशभरिका विभिन्न प्रयोगशालामा ७ हजार ६३७ नमुना सङ्कलन गर्दा उनीहरुको नतिजा पोजेटिभ आयको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले बताएका, छन ।
यससँगै नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुगेको छ भने ५७ जनाको मृत्यु भयका छन । त्यस्तै बिगत २४ घण्टामा विभिन्न अस्पतालबाट कोरोनामुक्त भइ आज ३५८ जनासहित हालसम्म १४ हजार ९ सय ६१ जना डिस्चार्ज भयका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ७ सय ३२ जन सकृय संक्रमीत रहेको प्रवक्ता गौतमले बताएका छन । हालसम्म ३ लाख १८ हजारक पिसिआर परिक्षण भयको छ ।







