
सिन्धुपाल्चोक , सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका २ कर्थलिमा भिषण बाढी पहिराे गएकाे छ । गएराति ३ बजेबाट पहिराेखस्न शुरु भएको स्थानीयले बताएका छन् ।राति परेकाे अबिर वर्षाका कारण कर्थलिकाे खाेलापारीटाेलमा रहेकाे घट्टे खाेलामा माथि छ्याप्लुङ भिरबाट पहिराे खसेकाे हाे ।
पहिराे बाट करिब ५ घरमा पुर्ण रुपमा क्षति भएको छ भने पुरै बस्ति त्रासमा रहेका छन् । अहिलेपनि लगातार पहिराे , बाढि खसिरहेकाे कारण स्थानियहरु ज्यान जाेगानका लागि भागाभाग गरिरहेका छन् ।उक्त खाेलामा पहिराे गए पछि वारिकाे मान्छे वारीनै र पारिकाे व्यक्ति पारिनै रहेका छन आवातजावतमा समेत निकै कठिन भइरहेकाे छ ।
हालसम्म पनि पहिराे गइरहेकाे स्थानीयकाे भनाइ छ । पहिराेले बस्तिकाे करिब २० घर जाेखिममा परेका छन् । उक्त स्थानमा बाह्रबिसे नगरपालिकाले छिटोभन्दा छिटाे उद्वार कार्य गर्न जरुरी छ ।





