
काठमाडौंँ, आइतबार देशभरका विभिन्न प्रयोगशालामा भयको ८ हजार भन्दा बढि स्वाब परिक्षणमा २४६ जनामा कोरोना पुष्टि भयको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सन्क्रमित २० हजार ३३२ जना रहेका छन भने कोरोना संक्रमण निको भयर १११ जना डिस्चार्ज भयका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ३०३ रहेको छन भने आइतबारसम्ममा कोभिड-१९ बाट ५७जनाको मृत्यु भयको छ । स्वास्थ तथा मन्त्रालयका अनुसार सबैभन्दा बढी पर्सामा ८१ जनामा संक्रमण पुष्टि भयको छ ।
धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरिको १२, डोटिका ११, कैलाली र बर्दियाका १०/१०, ललितपुर र स्याङ्जाका ८/८, जना तथा महोत्तरी र कास्किका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । यस्तै नबलपुर र लम्जुङका ३/३ जना, सर्लाही, रौतहट र तनहुँका २/२ जना तथा भक्तपुर, चितवन,सिन्धुली, गोरखा,बाग्लुङ, डोटि र दार्चुलामा १/१ जनामा संक्रमण पुष्टि भयको छ ।यससँगै कोरोना मुक्त वा कोरोना शून्य भयका जिल्लाहरुमा भोजपुर, रसुवा, संखुवासभा,मनाङ र मुस्ताङ रहेको छ ।





