
काठमाडौं – शनिबार ३१५ जना कोरोना सक्रमित थपिएका छन् । याे सँगै नेपलमा काेराेना संक्रमित हुनेकाे संख्या २० हजार ८६ जना पुगेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबिस घण्टामा ३१५ संक्रमित थपिएका जानकारी दिएका हुन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेका छन् । पछिल्लो चौबिस घण्टामा जम्मा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
हालसम्म नेपालमा ३ लाख ८२ हजार ४ सय ९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा रहेकाहरुको संख्या ११ हजार ५ सय ३३ छ । गत चौसिब घण्टामा ९३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । यो सँगै आजसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ ।
सरकारले स्थलमार्गबाट आएका व्यक्तिहरुलाई नाकामै पीसीआर परीक्षण गरेर रिपोर्ट नआउन्जेल सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा राख्न सूचना गरेको छ । आज मृत्यु हुनेमा शुन्य छ भने हालसम्म नेपालमा ५६ जना संक्रमितको मृत्यु भैसकेको छ ।





