September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

मेलम्ची बाढी: चनौटेको रातो पुल बगायो, आवतजावत ठप्प

सिन्धुपलाञ्चोक, शनिबार रातिबाट आएको बाढीले मेलम्चीस्थित चनौटेको रातो पुल बगाएको छ । आज बिहान ७ः४५ बजे उक्त पुल बगाएको हो ।

मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा सो पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

यसैगरी बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको छ । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको