March 19, 2024, Tuesday
२०८० चैत्र ६, मंगलवार

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि आज बस्ने स्थायी कमिटी बैठकले ठोस निर्णय गर्ने भएको छ ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार
बैठक आज तीन बजेका लागि बोलाइएको हो । नेता माधवकुमार नेपाल पक्ष सहमतिमा नमानेपछि एमालेले उक्त पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षमा पुगेको हो ।

हिजो बसेको स्थायी कमिटी बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पार्टीको आन्तरिक समस्या समाधानको प्रयास र प्रगतिबारे बैठकमा व्रिफिङ गरेका थिए ।

यस्तै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद त्यागेमा मात्र आफू एमालेसँग एक भएर जाने बटमलाइन सुनाएपछि पार्टीको आन्तरिक विवाद अब नसल्टिने करिब पक्का भएको छ । यसैगरी आजलो बैठक अघिसम्म सहमतिको प्रयास जारी राख्ने विश्वास गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको