April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

थप २ हजार ३३५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं, बुधबार नेपालमा थप २ हजार ३३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६८७ परीक्षणबाट १ हजार ३० जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार २४२ परीक्षणमा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८०७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको