September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौं, बुधबार नेपालमा थप २ हजार ६३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १० हजार ८८६ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९२२ परीक्षणबाट १ हजार २०६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ८०८ परीक्षणमा ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ ।

कोरोना संक्रमणबाट थप ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ९ हजार ७ सय ९१ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको