September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

राष्ट्रपति भण्डारीद्वारा नेपालकै पहिलो युद्ध सङ्ग्रहालय उद्घाटन

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार ऐतिहासिकस्थल सिन्धुलीगढीमा बनेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छन् ।

सोही क्रममा उनले उक्त सङ्ग्रहालय नेपाली शूरता र वीरताको परिचय भएको र सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय भएको बताइन् ।

     
यसैगरी नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा सङ्ग्रहालय रहेको जनाउँदै राष्ट्रपतिले अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताइन् ।

शीर्ष समाचार

धेरै पढिएको