March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

सभामुख र अर्थमन्त्री शर्माबीच भेटवार्ता, संकटग्रस्त क्षेत्रको प्राथमिकताबारे छलफल

काठमाडौं, सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच आज भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको उक्त छलफल संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रीत रहेको थियो ।

भेटमा उनीहरुबीच विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको छ । सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराएका थिए ।

यसअघि सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।