September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप १ हजार ९८२ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं, शुक्रबार थप १ हजार ९८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ९८२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ६१० परीक्षणबाट ९९५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ३०८ परीक्षणमा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६७८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३६८ छ ।

यस्तै नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ६७९ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको