September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

सुजिता भण्डारी प्रकरण: आत्महत्या गरेको प्रहरीको निष्कर्ष

चितवन, चितवनको ब्रम्हास्थान सामुदायिक वनमा मृत भेटिएकी सुजिता भण्डारीले आत्महत्या गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ ।

सुजिताको हत्या भएको कुनै प्रमाण नभेटिएपछि प्रहरीले आत्महत्या भएको निष्कर्ष निकालेको बताइएको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दै शंकास्पद एक सयभन्दा बढीसँग सोधपुछ समेत गरेको थियो । तर, उनले आत्महत्या गरेको प्रमाणहरु बलियो देखिएको थियो ।

उनको शव भेटिएको स्थान नजिकै बोतलमा सेतो पद्धार्थ समेत भेटिएको थियो भने पोष्टमार्टमले पनि आत्महत्याको प्रमाणहरु फेला परेको छ ।

गत असार ११ असार गते घरबाट हराएकी राप्ती नगरपालिकाकी २३ वर्षीय सुजिता २० असारमा अनकन्टार जङ्गलमा मृत भेटिएकी थिइन् । उनका परिवारले आत्महत्या दुरुत्साहनको मुद्दा समेत दर्ता गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको