September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

स्व. विन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट अनिता कुवँर सम्मानित

बिरगंज, यस वर्षको स्व. विन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो बीरगंजकी समाचार वाचिका एंव कार्यक्रम प्रस्तोता महिला पत्रकार अनिता कुवँर आज सम्मानित भएकी छन् । स्व. विन्दु पाण्डे स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष कुँवरलाई प्रदान गरिएको हो ।

स्व. विन्दु देवी पाण्डेको पाँचौ पुण्य तिथिको अवसरमा शुक्रबार बीरगंजको होटल कुमु प्यालेसमा आयोजित एक कार्यक्रमका बीच प्रदेश नम्बर २ का उर्जा तथा सिंचाई विकास मन्त्री ओमप्रकास शर्माले महिला पत्रकार कुवँरलाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।

विगत डेढ दशकभन्दा लामो समयदेखि रेडियो वीरगञ्जमा कार्यरत महिला पत्रकार कुँवरलाई पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ पर्साको संस्थापक महिला सदस्य स्व. पाण्डेको स्मृतिमा गत ५ वर्ष अघि स्थापना गरिएको प्रतिष्ठानले प्रत्येक बर्ष असार ५ गते पुरस्कार वितरण गर्दै आएको थियो । यस वर्ष भने कोरोना महामारीको कारण सभा, गोष्ठी र सेमिनारहरु नगर्ने स्थानीय प्रशासनको आदेशका कारण पुरस्कार वितरणमा ढिलाई भएको प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसि लामिछाने, प्रदेश २ का महासचिव श्याम बन्जारा, जिल्ला अध्यक्ष अनुप तिवारी, विरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पटवारी, वरिष्ठ भोजपुरी साहित्यकार उमाशंकर द्ववेदी, समाजसेवी पशुपति विक्रम शाह, सरोज खड्का, लगयातले सम्मानित महिला पत्रकार कुवँरलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा कुँवरले आफुलाई पुरस्कृत गरिएकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै आफुमा थप उर्जा थपिएको जिकिर गरिन ।

शीर्ष समाचार

धेरै पढिएको