August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

बिना निष्कर्ष सकियो कांग्रेसको पदाधिकारी बैठक, भोलि फेरि बस्ने

file photo

काठमाडौं, नेपाली कांग्रेसको शुक्रबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको उक्त बैठकमा कुनै निष्कर्ष ननिस्केपछि भोलि फेरि बस्ने गरी टुंगिएको हो ।

नेता अर्जुननरसिंह केसीका अनुसार आजको बैठकमा महाधिवेशन कार्यतालिका, क्रियाशील सदस्यता छानबिनको विषयमा छलफल भएको हो ।

सो बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन तथा क्रियाशील सदस्यताको विषयमा भएको प्रगतिबारे ब्रिफिङ गरेका थिए भने बैठक भोलि बिहान नौ बजे बुढानीलकण्ठमै बस्ने छ ।

शीर्ष समाचार

धेरै पढिएको