September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

देउवालाई नेता नेम्वाङको प्रश्न: कुन जनादेशले प्रधानमन्त्री बन्नुभयो ?

file photo

काठमाडौं, नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुले जिम्मेवार प्रतिपक्षको रुपमा भूमिका खेल्ने बताएका छन् ।

शुक्रबार दलको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै नेम्वाङले यस्तो बताएका हुन् । आफूहरु जिम्मेवार प्रतिपक्ष भएको नाताले पार्लियामेन्टको अधिकारलाई सम्मान गरेको उमको भनाइ छ ।

प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री बन्दै गर्दा आफूहरु पाँच वर्ष नै प्रतिपक्षमा बस्ने र सरकारमा जाने जनादेश नआएको भनेर सम्बोधन गरेको स्मरण गराउँदै नेम्वाङले भने,‘अहिले उहाँ मेरो अगाडि हुनुहुन्छ, उहाँ प्रधानमन्त्री हुनुभयो, कुन जनादेशले प्रधानमन्त्री बन्नुभयो ?’

शीर्ष समाचार

धेरै पढिएको