September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

एमाले नेता भीम रावलद्वारा राजीनामा फिर्ता

काठमाडौं, नेकपा एमाले नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार उनले संसद् सचिवालयबाट समेत राजीनामा फिर्ता लिएका हुन् ।

उनले यसअघि आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि सांसद पदबाट राजीनामा दिएका थिए । राजनीतिक अनैतिक क्रियाकलापमा संलग्न हुन नचाहेको भन्दै उनले पदबाट राजीनामा दिएका थिए।