September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

राष्ट्रपति भण्डारीलाई भेट्न एमाले अध्यक्ष शितलनिवासमा

file photo

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शितलनिवास पुगेका छन् । प्रधानमन्त्री पदबाट हटेपछि ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

आल उनीहरुबीच अहिले भेटवार्ता जारी छ । यसअघि पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राष्ट्रपतिमाथि महाभियोग लगाउने दुस्प्रयास भैरहेको भन्दै त्यस्तो सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको