September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

राप्रपा अध्यक्ष थापा र विप्लवबीच सौहार्दपूर्ण भेटघाट

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ । 

अध्यक्ष थापालाई भेट्न विप्लव शुक्रबार बिहान थापा निवास बूढानीलकण्ठ पुगेका हुन् । भेटमा सहभागी नेता बुद्धिमान तामाङका अनुसार उक्त भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको छ ।

बैठकबारे जानकारी दिँदै अध्यक्ष कमल थापाले पनि विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको बताएका छन् । उनले ट्वीटरमार्फत भनेका छन्, ‘ नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव र सो पार्टीका नेता तथा राप्रपाका नेताहरु बीच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भयो।’

शीर्ष समाचार

धेरै पढिएको