December 6, 2021, Monday
२०७८ मंसिर २१, मंगलवार

थप १ हजार ८५५ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौं, बिहिवार थप १ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७४ हजार ७२६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२२ पीसीआर परीक्षणमा बिहीबार थप १ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७०७ परीक्षणबाट ८५९ जनामा पोजिटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ८२९ परीक्षणमा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ६६१ पुगेको छ ।

गत २४ घण्टामा थप १ हजार २८८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० छ ।

शीर्ष समाचार

धेरै पढिएको