August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

न्यु भिजन ग्रुप कोरिया द्वारा धुर्मुस-सुन्तली फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण

न्यु भिजन ग्रुप दक्षिण कोरियाले धुर्मुस-सुन्तली फाउन्डेसनलाई आर्थिक सहयाेग गरेकाे छ । धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा निर्माणधिन अन्तर्राष्ट्रिय क्रीकेटरंगशाला भरतपुरलागी न्यु भिजन ग्रुप दक्षिण कोरियाले बुधबार रु:५१,०००(एकाउन्न हजार रुपैया) सहयोग रकम हस्तान्तरण गरेको हाे।

पुर्ब निणायार्थ १ बर्ष अगाडिनै नेपालमा रहेका ग्रुपको व्यक्तिहरुले एकदिने श्रमदान सहित रकम हस्तान्तरण गरिने भनेको भएता पनि विश्व महामारी कोरोनाको कारण स्थगित गरिएको र अझै कोरोना नियन्त्रणमा समय लागने भएको कारण र फाउन्डेसन लाई तत्काल आवश्यक सहयोग होस भनेर सहयोग गरिएको सस्थाका सम्योजक सन्जिब राईले बताए।

सस्थाका सल्लाहकार हरि थपलिया ,उपाध्यक्ष आङछिरिङ शेर्पा तथा निवर्तमान कोषाध्यक्ष मोहनबिक्रम नेम्बाङले धुर्मुस-सुन्तली फाउन्डेसनमै गएर रकम हस्तान्तरण गरेका हुन् ।

न्यु भिजन ग्रुप कोरियाले फाउन्डेसनलाई रकम दिएकाे भाैचर

सामजिक कार्य संगै सामुहिक लगानिको अवधारणा सहित २०१७ मा दक्षिण कोरियामा स्थापना भएको न्यु भिजन ग्रुपले बिभिन्न सामजिक कार्य गर्दै आएको छ ।अग्निपिडित बालिकाको उपचारमा समेत आर्थिक सहयोग गरेको थियो। किम्हे बुसानमा आयोजना गरि गरिएको न्यु भिजन साङ्गितिक सौगात-२०१८ बाट प्राप्त मुनाफाले नेपाल नेत्रहीन संघ केन्द्रिय कार्यलयलाई तालिमको लागि आवश्यक परेको नेत्रहीन हरुले प्रयोग गर्ने बिशेष कम्प्युटर: ३-थान, त्यसै गरि तराईको सिराहा-सप्तरीमा नेत्रहीनले प्रयोग गर्ने सेतो छडि-७५-थान १ बर्ष अगाडि नै हस्तान्तरण गरिसकेको सस्थाका सचिब जिबन शर्मा सङ्गमले बताए ।

शीर्ष समाचार

धेरै पढिएको