October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

थप १ हजार ९१८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

काठमाडौं, बिहिवार नेपालमा थप १ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोग शालामा गरिएको पीसीआर परीक्षणमा बुधबार थप १ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ४७५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ रहेको छ ।

हालसम्म देशभर ३४ लाख ९५ हजार ६९ नमुनाको पीसीआर परीक्षण भएको छ । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको