
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
कोरोना महामारीका कारण रोकिएको उक्त परिक्षा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ ।








