July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

थप २ हजार २०२ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

काठमाडौं, बुधबार नेपालमा थप २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ९५३ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ पीसीआर परीक्षणमा मंगलबार थप २ हजार २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २९९ परीक्षणबाट ९०६ जनामा पोजिटिभ देखिएको छ । गत २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार १३५ परीक्षणमा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ । हालसम्म देशभर ३४ लाख ८६ हजार ३५४ नमुनाको पीसीआर परीक्षण भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको