August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

प्रचण्ड, उपेन्द्र र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

जसपा अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाका अनुसार बुधबार बिहान नेता नेपाल निवासमा भएको उक्त भेटवार्तामा गठबन्धनको निरन्तरता र सरकारमा नेपाल पक्ष जाने वा नजाने सम्बन्धमा छलफल भएको हो ।

एमाले नेता नेपालले गठबन्धनलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा आफ्नो पार्टीभित्र छलफल गरेर अघि बढ्ने बताएको चौरासियाको भनाइ छ ।

यसैगरी सरकारमा जाने वा नजाने विषयमा पनि पार्टीको आपसी छलफलपछि मात्रै निष्कर्षमा पुग्ने एमाले नेता नेपालले छलफलकामा बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको