October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

बागलुङमा घरेलु रक्सी सेवन गर्दा ४ मजदुरको मृत्यु, दुई जना घाइते

file photo

बागलुङ, बागलुङमा घरेलु रक्सी सेवन गरेका चार जना मजदुरको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

बागलुङको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले घरेलु मदिरा सेवन गरेको र चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा गए राति बाटोमै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार रोल्पा सुनिल स्मृति गाउँपालिका-५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको हो ।

उनले भने, ‘मजदुरी गर्दै आएका १४ जनामध्ये ६ जनाले गलकोट नगरपालिका-७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बिरामी परेको देखिन्छ ।’

अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिएका छन् । यसैगरी रोल्पा सुनिलस्मृति गाउँपालिका- ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको छ । लोकल रक्सी खाएको र उनीहरुमा पोइजनिङको समस्या भएको प्रहरीको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको