
वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएका ७० वर्षीय पुरुष व्यक्तिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बुधबार बिहान ३ बजे मृत्यु भएका ती व्यक्तिमा पनि कोरोना सङ्क्रमण देखिएको पुष्टि गरे ।
यसअघि नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा बुधबार बिहान पौने ११ बजे एकजना उपचाररत सङ्क्रमितको मृत्यु भएको थियो ।यसरी बुधबार पर्साको वीरगञ्जमा मृत्यु हुने सङ्क्रमितमा वीरगञ्ज-६, गहवाका ७० वर्षीय पुरुष र वीरगञ्ज-५, रेशमकोठी ६८ वर्षीय पुरुष रहेका छन् ।
गहवाका मृतकको बुधबार बिहान ३ बजे मृत्यु भएपनि पीसीआर रिपाेर्ट कोरोना पोजेटिभ भनी साझ मात्र आएको थियो भने अर्का बुधबार बिहान पौने ११ बजे मृत्यु भएका ६८ वर्षीय व्यक्ति भने कोरोना सङ्क्रमण पुष्टि भएर पाँच दिनदेखि गण्डक अस्थायी कोभिड विशेष अस्पतालका उपचाररत थिए । गाेरखापत्र दैनिकबाट







