August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

एमाले केन्द्रीय कमिटी बैठक: देउवालाई समर्थन गर्ने २३ सांसदलाई स्पष्टीकरण सोध्ने

काठमाडौं, नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई कारवाही गर्ने बताएको हो ।

आइतबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा एमालेका २२ सांसदले पार्टी निर्णयविरुद्ध विश्वासका पक्षमा मतदान गरेका थिए ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार वरिष्ठ नेता नेपालसहितका सांसदले पार्टी विधिविधान र निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको हो ।

यसैगरी उक्त बैठकले स्पष्टीकरण २४ घण्टाभित्र पेश गर्न भनिएको छ । स्पष्टीकरणका आधारमा कारवाही प्रक्रियाबारे निर्णय हुने ज्ञवालीले बताए ।

शीर्ष समाचार

धेरै पढिएको