October 15, 2021, Friday
२०७८ आश्विन ३०, शनिबार

थप २ हजार ४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

काठमाडौं, सोमबार थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१ र एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप ३२ जनाले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएको छ । योसँगै ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् । हालसम्म संक्रमित निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको