October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी खानद्वारा बधाई

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् ।

सोमबार प्रधानमन्त्री खानले बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्रगाढ बनाइने जनाएका छन् । उनले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको